20241221

जर्मनीको एक क्रिसमस बजारमा भएको कार दुर्घटनामा परी पाँचजनाको मृत्यु, ४० जना गम्भीर घाइते, २०० भन्दा बढी घाइते

जर्मनीको एक क्रिसमस बजारमा भएको कार दुर्घटनामा परी पाँचजनाको मृत्यु भएको छ । २०० भन्दा बढी मानिस घाइते भएका स्याक्सोनी–अनहाल्ट राज्यका प्रमुख रेनर हसेलोफले शनिबार जानकारी दिएका छन् । पूर्वी सहर म्याग्डेबर्गमा आएका जर्मन चान्सलर ओलाफ स्कोल्जले मृतकका आफन्तजनप्रति समवेदना प्रकट गरेका छन् । घटनामा करिब ४० जना गम्भीर घाइते भएका र सरकारले उनीहरूको उपचारको व्यवस्था मिलाएको उनले बताए । साथै, उनले ‘भयानक आक्रमण’को निन्दा गरे । सन् २०१६ मा पनि बर्लिनको क्रिसमस बजारमा जिहादी समूहले आक्रमण गरेको थियो । चान्सलर स्कोल्जले ‘यति धेरै मानिस हताहत भएको भयानक आक्रमणबारे जर्मनीले उचित कानुनी दण्डद्वारा जवाफ दिने’ प्रतिबद्धता व्यक्त गरे । जर्मनीमा आप्रवासन र सुरक्षाका विषयमा चर्को बहस भइरहेका बेला स्कोल्जले राष्ट्रिय एकताका निम्ति आह्वान गरेका छन् । चान्सलरले भने, “हामी एक देशका नागरिकका रूपमा सँगै बस्छौँ, एकसाथ रहन्छौँ । तर, आफ्नै समुदायविरुद्ध हतियारहरूको प्रयोग गर्छौँ, के यो घृणा होइन ?” उनले अगाडि भने, “विश्वका धेरै मुलुकबाट ऐक्यबद्धता आएको छ । हामी जर्मनहरू यस भयानक विपत्तिको सामना गर्न एक्लो छैनौँ ।”

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक