20241221
फ्रान्सेली द्वीप समूह मायोटेमा आएको ‘चिडो’ नामक चक्रवातका कारण मोजाम्बिकमा ७६ जनाको मृत्यु, करिब ६२ हजार घरमा क्षति
फ्रान्सेली द्वीप समूह मायोटेमा आएको ‘चिडो’ नामक चक्रवातका कारण मोजाम्बिकमा ७६ जनाको मृत्यु भएको फ्रान्सको नेसनल इन्स्टिच्युट अफ रिस्क एन्ड डिजास्टर म्यानेजमेन्टले शनिबार जनाएको छ । हिन्द महासागरको मायोटे टापुलाई चिरेर मोजाम्बिकमा आएको चिडो आँधीका कारण सयौँको मृत्यु भएको आशंका गरिएको छ । मोजाम्बिकको उत्तरी काबो डेलगाडो प्रान्तमा आएको आँधीका कारण करिब ६२ हजार घरमा क्षति भएको अधिकारीहरूले बताएका छन् । अन्तर्राष्ट्रिय आप्रवासन संगठनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “आश्रय, खाद्य र हाइजिन किट, डिग्निटी किट, साबुन र लामखुट्टेको जालीजस्ता गैरखाद्य वस्तु प्रभावित जनसंख्याका निम्ति अति आवश्यक वस्तुका रूपमा पहिचान गरिएको छ ।”
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक