गोरु, भैँसी जुधाएर मनोरञ्जन लिने मेरो देश, समाज आजकल टिकटक, फेसबुक, युट्युब लगायतका सञ्जालमा मान्छे मान्छे जुधाएर त्यहीँ बहस गर्छ, दोषी करार गर्छ, बिटुलाउँछ, चोख्याउँछ, क्लिन चिट दिन्छ, आफूलाई जे मन लाग्यो त्यही परिभाषा बनाउँछ, आफै फैसला लेख्छ र सञ्जालमै आदेश सुनाउँछ । अदालत र अदालतका न्यायाधीश छायामा पार्छ, अदालतको आदेश हेर्न पढ्न उसलाई फुर्सद पनि हुन्न ।
असामाजिक बन्दै गइरहेका सञ्जालहरू रङ्याउँछ, तथ्यहरू बङ्ग्याउँछ, भिडतन्त्रमा विश्वास गर्छ ।
पहिला माओवादी र YCL का नाममा यस्तो अराजकता सुरु भयो, ती बिलाए, त्यस लगत्तै अरिङ्गाल आतङ्क शुरु भयो, अहिले अरिङ्गगालहरु आफै रक्षात्मक अवस्थामा पुगे । अहिले कसको नाममा सुरु भएको छ देखिरहनुभएको छ । संयमित होऊ, संयमित गराऊ है नत्र पछि आत्मघाती गोल बन्ला, चेतना भया ! "रुल अफ ल" मा विश्वास गरौँ, "हुल अफ ल" मा होइन । न्यायालयले आफ्नो पक्षमा फैसला गरे मान्ने, नगरे नमान्ने जुन रोग छ, यो मानसिक रोग बाट मुक्त होउ, न्यायालयलाई फैसला गर्न देउ । सत्य तितो हुन्छ !
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक