20250116

खानकै छ प्रतिस्पर्धा !

 कोही बोलेरै खाए  

कोही नबोलेरै खाए 
कोही धेरै बोलेर खाए 
कोही बोल्न नजानेरै खाए
देश र जनताले के पाए ??  
खानकै छ प्रतिस्पर्धा, 
उहिले देखी अहिले सम्म 
पुराना देखी नयाँ सम्म
अझ जाने हुन कहाँ सम्म ! 
एक पछि अर्को नाटक 
प्रदर्शन भएकै छ बिच शहरमा 
विडम्बनाको कुरा, 
कोही बुझेर पनि 
कोही नबुझेर पनि, 
लागेकै छन पछि पछि,
जेठा माइला साइँला कान्छाका पछि
उनीहरू देखी यिनीहरू सम्म, छैनन कोही चोखा  
घिचेको देख्दा देख्दै, बुझ्दा बुझ्दै, 
दासताको डोरीमा बाँधिन मान्दैन यो मन
माफ गर कान्छा, पछि लाग्न सकिन, 
जे जे भन्ने हो भन, वा विरोधीमा गन !
- रामप्रसाद खनाल, जनवरी १६, २०२५      

No comments:

Post a Comment

बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक