विश्वशान्ति ज्ञानमहायज्ञ - २०२५ लाई सफल पार्न आआफ्नो क्षेत्रबाट सहयोग, सद्भाव, समर्थन र मार्गदर्शन प्रदान गर्दै आएको विश्व भूटानी हिन्दु संगठनअन्तर्गत रहेको वैदिक निर्णय समितिमा रहेका कतिपय विद्वानहरूको सहयोग र समर्थनमा नै यस महायज्ञको यज्ञसम्पादन सिमति बनेको छ । संस्थाको आह्वानलाई सहर्ष स्वीकार गरेर कार्यभार ग्रहण गरिदिनुभएकोमा सम्पूर्ण विद्वज्जनलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौँ।
यो ज्ञानमहायज्ञ विविध कारणले ऐतिहासिक अनुष्ठान बन्ने कुरामा हाम्रो विश्वास छ । नेपालीभाषी भूटानी अमेरिकी समाजमा पहिलो पटक हुन गइरहेको यस्तो अभूतपूर्व ज्ञानमहायज्ञमा सहभागी भइदिनुहुन सम्पूर्ण वैदिक सनातन जगतलाई हामी हार्दिक आह्वान गर्दछौँ ।
यस महायज्ञमा आवद्ध गुरूजन, विद्वान् एवं विदुषीहरूको दर्ता प्रक्रिया (फारम भर्ने काम) अन्तिम चरणमा पुगिसकेको हुँदा हामी अन्य गुरुजन, विद्वान्, विदुषी, पाठकर्ता एवं दाताहरूको नाम र फोटाहरू क्रमशः प्रकाशन गर्दै जाने कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौँ ।
महायज्ञका सम्बन्धमा राष्ट्रीय तथा अन्तराष्ट्रीय क्षेत्रबाट पनि विभिन्न धार्मिक संघसंस्था तथा विद्वान्-विदुषीहरूले हामीलाई सम्पर्क गरिरहनुभएको छ र अबउसो राष्ट्रीय तथा अन्तराष्ट्रीय समन्वय समितिलाई सम्पर्क गरिदिनुहुन आयोजक संस्था हार्दिक अनुरोध गर्दछ ।
यस महायज्ञ सम्बन्धमा थप केही जानकारी लिनु परे कृपया यज्ञसम्पादन समितिमा रहेका कोही पनि गुरूहरूलाई सम्पर्क गर्नुहोला ।
धन्यवाद ।
GBHO ADMIN
अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक