- रामप्रसाद खनाल
१- एउटा सर्वाधिकार सम्पन्न स्वतन्त्र आयोग बनाइ २०४६ पछि बनेका प्रधानमन्त्री, मन्त्री, सांसद, नेता, उच्च पदस्थ व्यक्ति र उच्च पदस्थ कर्मचारीहरूको सम्पत्ति छानबिन गर्ने, श्रोत नखुलेका सम्पत्ति स्वतह देशको नाम आउने, ल्याउने र सम्बन्धित व्यक्तिहरूलाई पनि स्वघोषणा गरी श्रोत नखुलेको सम्पत्ति देशलाई बुझाएमा कार्यवाही माफी हुने ब्यब्स्था गर्ने ।
२- एउटा सँसद ७७ जिल्लाबाट एक एक जना मात्र सांसद निर्वाचित हुने व्यवस्था गर्ने । सांसद हुनका लागि जात, धर्म, लिङ्ग हेरेर होइन क्षमताका आधारमा चयन गर्ने व्यवस्था गर्ने । समानुपातिक सांसद राख्ने व्यवस्था खारेज गर्ने । ४ बर्से कार्यकाल र दुई कार्यकाल भन्दा बढी सांसद बन्न नपाउने व्यवस्था गर्ने ।
३- राष्ट्रिय सभा र प्रदेश सरकार खारेज गर्ने, स्थानीय निकाय गाउँ पालिका र नगर पालिका मात्र कायम गर्ने ।
४- सशस्त्र प्रहरी सङ्गठनको काम नै छैन, यसलाई जनपद प्रहरी अर्थात नेपाल प्रहरीमा गाभ्ने र यसलाई पूर्ण रूपमा स्वतन्त्र राखेर काम गर्न पाउने ब्यब्स्था गर्ने । सत्ता र पावर बालाहरूलाई बोक्ने, स्यालुट ठोक्ने त्यस्तो प्रहरी आवश्यक छैन ।
५- राष्ट्रिय अनुसन्धान बिभागलाई खारेज गर्ने र यसको काम सेना मातहतमा राख्ने ।
६- देश भरीका जनताले भोट हाल्ने र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री छान्ने व्यवस्था गर्ने । ४ बर्से कार्यकाल र दुई कार्यकाल भन्दा बढी प्रधानमन्त्री बन्न नपाउने व्यवस्था गर्ने ।
७- राष्ट्रपति र उपराष्ट्रपति पद दुवै बेकामे भएकाले खारेज गर्ने ।
८- कुनै पनि देशको वा अरूको नक्कल गरेर होइन आफ्नो देशको अवस्था हेरिकन व्यवस्था डिजाइन गर्ने ।
९- प्रधानमन्त्री, मन्त्री, सांसद, उच्च पदस्थ नियुक्तीवालाहरुले तलब भत्ता लिन नपाउने र आफ्नो जीविकोपार्जन गर्नका निम्ति कुनै न कुनै उद्योग धन्दा, व्यवसाय, काम गर्नै पर्ने ।
१०- भ्रष्टाचारमा दोषी प्रमाणित प्रमाणित भए मृत्युदण्डको व्यवस्था गर्ने ।
११- विश्व विद्यालयका टपरहरुनै विषयका आधारमा, बिशेषज्ञताका आधारमा विश्व विद्यालयहरूमा कुलपति, उपकुलपति, लोक सेवा आयोग, अख्तियार जस्ता निकायमा छान्ने व्यवस्था गर्ने ।
१२- अदालतमा न्यायाधीश छान्दा कानुनका प्राध्यापकहरू, विश्वविद्यालयमा कानुन विषयका टपरहरु लाई योग्यता, क्षमताका आधारमा छान्ने ।
१३- विश्व विद्यालय सम्म नै शिक्षा र स्वास्थ्य पूर्णरुपमा निःशुल्क गर्ने र आयको २५ प्रतिशत कर अनिवार्य रूपमा राज्यलाई तिर्नु पर्ने ब्यब्स्था गर्ने ।
१४- साँसद मन्त्री बन्न नपाउने, मन्त्री बन्न सम्बन्धित क्षेत्रको बिशेषज्ञ, योग्य र विश्व बिद्यालयबाट उच्च शिक्षा पुरा गरेको मान्छे हुनु पर्ने ।
१५ - एक पटकको नेपाली सधैंको नेपाली मान्दै विदेशमा रहेका नेपालीलाई पनि दोहोरो नागरिकता प्रदान गर्दै, चुनावमा भोट दिन देखी उद्योग व्यापार, सबै कुरा गर्न पाउने व्यवस्था गर्ने तर कन्फिलिक्ट अफ इन्ट्रेस्ट लाई मध्यनजर गर्दै विदेशको नागरिकता वा ग्रिन कार्ड लिएका नेपालीहरूलाई प्रधानमन्त्री, मन्त्री, सांसद, संवैधानिक आयोगहरूमा जान नपाउने व्यवस्था गर्ने ।
१५- पर्यटन, कृषि, उद्योग, व्यापार, जलश्रोतमा आधारित अर्थतन्त्र लाई प्राथमिकता दिने ।
१६ - विदेशी लगानी लाई भन्दा विदेशमा रहेका नेपालीलाई नेपालमा लगानीका लागि उचित वातावरण बनाउने, प्राथमिकता दिने ।
१७- दलीय व्यवस्था होइन, हरेक पदमा स्वतन्त्र रूपमा उठ्ने र राष्ट्र र जनता लाई प्रतिनिधित्व गर्ने निर्दलीय ब्यब्स्था गर्ने, ताकी दलीय राजनीतिमा अहिले देखिए जस्तो कुरूप रूप देख्नु नपरोस, जनता स्वतन्त्र होउन, दलीय दुस्चर्क तोडियोस ।
१८- सबै धर्महरूलाई स्वतन्त्रता र सम्मान दिँदै ८२ प्रतिशत हिन्दु सनातन धर्मलम्बीहरु र ९४ प्रतिशत ॐ कार परिवार भएको, मन्दिरै मन्दिरहरू भएको देश नेपाललाई हिन्दु राष्ट्र घोषणा गरी यस लाई धार्मिक हिसाबले पनि पर्यटकीय गन्तव्य बनाउन सकिन्छ यसो गर्दा सन्सारको एक मात्र हिन्दु राष्ट्रका रूपमा नेपाललाई अन्तर्राष्ट्रिय गन्तव्य स्थल बनाउन सकिन्छ यसले राष्ट्रलाई ठुलो टेवा पुग्छ ।
१९- काठमाडौँ, ललितपुर, भक्तपुर र देशका विभिन्न ठाउँमा रहेका प्राचीन कला, संस्कृति, ऐतिहासिक चिजहरूको प्रचार प्रसार गर्दै पर्यटक लक्षित महोत्सव, विविध कार्यक्रम हरूको वार्षिक तालिका बनाइ सँचालन गर्दा देशले विदेशी आय भित्र्याउन सक्छ र अर्थतन्त्रलाई पनि टेवा पुग्छ ।
२०- अतिथि दबो भव भनेकै छौँ तर त्यसलाई व्यवहारमा पूर्ण रूपमा उतार्ने र बिदेशीहरुलाई पर्यटकका रूपमा नेपाल भित्र्याउन लक्षित कार्यक्रम सँचालन गर्ने । शान्ति सुरक्षा देखी पर्यटकका लागि आधारभुत कुराहरू ब्यबस्थापन गरी देशको आय बढाउन सकिन्छ ।
२१- सगरमाथा, लुम्बिनी मात्र होइन नेपालमा जहाँ जहाँ जे चिज छन तिनको सूचीकरण गरी हिमाल पहाड तराइ सम्म भएका हरेक चिजलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्ने र विदेशी पर्यटकलाई भित्र्याउन सक्यौँ भने नेपालको कायापलट १० वर्ष भित्रमा गर्न सकिन्छ र अर्को १० १५ वर्षमा आमूल परिवर्तन र विकास गर्न सकिन्छ ।
अरु समाचार र बिचार हेर्न तलको लिँक क्लिक गर्नुहोस ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक