धनगढी / नेपाली टेलिभिजनको ईतिहासमा नेपालमा पहिलो पटक समाचार च्यानलका रुपमा स्थापित, मिडिया, बिज्ञापन र उद्योग, बाणिज्य क्षेत्रका एकजना अग्रणी र आइकनका रुपमा चिनिएका मिडिया उद्यमी भास्करराज राज कर्णिकार नेत्रित्वको अग्रणी टेलिभिजन एभिन्यूज खबर टेलिभिजनले देशको बर्तमान अर्थतन्त्रको अवस्था बारे सातै प्रदेशमा गर्ने बहस र अन्तरक्रिया कार्यक्रम शुरु गरेको छ । आज एभिन्यूजको टेलिभिजन बहस सुदूरपश्चिम प्रदेशको धनगढीबाट शुरु गरिएको हो । “अर्थतन्त्र तीब्र दबाब र प्रभाब, अब निकास के ?” भन्ने विषय एभिन्यूजले एजेण्डाको रुपमा सातै प्रदेशमा उठाउन लागिएको हो । नेपाली अर्थतन्त्रमा परेको दबाव, प्रभाव र त्यसको समाधानबारे सरकारी, सार्वजनिक र निजी क्षेत्रबीच बृहत अन्तरक्रिया कार्यक्रममा सहभागी व्यवसायीहरुले सरकारको नीति कै कारण अर्थतन्त्र ओरालोतर्फ लागेको बताए । उत्पादन र निर्यात सरकारको प्राथमिकतामा नपर्दा उद्योगीहरु फस्टाउन नसकेको सहभागीहरुको गुनासो थियो ।
उद्योगीहरु व्यवसायीहरुले सरकारी अनुदानको चरम दुरुपयोग भएको आरोप समेत लगाए । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले उद्योगी व्यवसायीहरुको समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको जनाउँदै अर्थतन्त्र उकास्नका लागि दोषारोपण गर्नुभन्दा निजीक्षेत्रसँग मिलेर काम गर्न सरकार तयार रहेको बताए ।
नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष कुश कुमार जोशी, अर्थबिद अनलराज भट्टराई, कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर लगायतले अर्थतन्त्रको समस्या र समाधानबारे धारणा राखेका थिए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको पूर्व वरिष्ठ उपाध्यक्ष एवं एभिन्यूज खबर टेलिभिजनका कार्यकारी अध्यक्ष भाष्कर राज राजकर्णिकारले सरकारी उदासिनाताका कारण अर्थतन्त्र खस्किँदो अवस्थामा रहेको बताए ।
कार्यक्रममा नीजि, सरकारी र सार्वजनिक बिभिन्न संघ संस्था र स्थानीय उद्योगी व्यवसायीको सहभागिता रहेको थियो । अन्तरक्रिया कार्यक्रम आजदेखि पौष १८ गतेसम्म संचालन हुनेछ ।
उक्त कार्यक्रम कर्णाली प्रदेशमा पौष ७ गते, लुम्बिनी प्रदेशको भैरहवामा पौष ९ गते, बागमती प्रदेशको चितवनमा पौष ११ गते, मधेश प्रदेशको बीरगंजमा पौष १३ गते, कोशी प्रदेशको बिराटनगरमा पौष १५ गते र गण्डकी प्रदेशको पोखरामा पौष १८ गते हुनेछ । सो बहस कार्यक्रम एभिन्यूज खबर टेलिभिजन, एभिन्यूज खबरको यूट्युव र फेसबुकमा प्रत्यक्ष रुपमा प्रसारण हुनेछ ।
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक