एकातिर नव निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफू सत्तामा आएकै दिन देखी युद्ध रोक्ने दाबी गरिरहेकै बेला वर्तमान राष्ट्रपति जो बाइडेन र कमला ह्यारिस प्रशासनले भने ठिक उल्टो काम गर्दै गएको आरोप लागेको छ । अमेरिकाले मङ्गलवार मानव अधिकार उल्लङ्घनको आरोप लगाउँदै केही चिनियाँ कम्पनीहरू र रुसका धेरै कम्पनीसहित आठ कम्पनीमा व्यापार प्रतिबन्धको घोषणा गरेको छ । त्यसै गरी अहिले फेरी अमेरिकाले युक्रेनलाई रुससँग लड्न २० अर्ब डलर दिएको छ । अमेरिकाले यो रकम रुसको जफत गरिएको सम्पत्तिबाट दिएको दाबी गरेको छ । उता सिरियामा बसर अल असदको सत्ता ढल्यो, उनी देश छोडेर भागे । बिद्रोहीले कब्जा गरे । अमेरिकाले आइसिस आतंककारीहरुका बिरुद्ध लक्षित भन्दै हवाइ आक्रमण पनि गर्यो । अब सिरियामा अमेरिकी रणनीति कस्तो होला ? यस बारेमा हाम्रो रिपोर्ट ।
* अमेरिकामा नव निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफू सत्तामा आएकै दिन देखी युद्ध रोक्ने दाबी गर्ने, शान्ति बहाल गर्छु भन्ने बाइडेनले युद्ध भड्काउन खोज्ने यो त अमेरिकाको दोहोरो चरित्र भएन र ?
* अमेरिकाले मङ्गलवार मानव अधिकार उल्लङ्घनको आरोप लगाउँदै केही चिनियाँ कम्पनीहरू र रुसका धेरै कम्पनीमा व्यापार प्रतिबन्धको घोषणा गरेछ, आखिर अमेरिकाले गर्न खोजेको चाँहीं के हो ? के लाग्छ ?
* फेरी अमेरिकाले रुसको जफत गरिएको सम्पत्तिबाट युक्रेनलाई २० अर्ब डलर दिएछ । त्यस्तो गर्नु उपयुक्त हो र ?
यी र यस्ता विषयवस्तुमा हामी कुरा गर्दैछौँ । तपाईँलाई कस्तो लाग्छ कुन्नि ?
No comments:
Post a Comment
बेनाममा अरुलाई गाली गलौज गर्दै जथाभाबी कमेन्ट लेख्नेहरु लाई यो साईटमा स्थान छैन तर सभ्य भाषाका रचनात्मक कमेन्ट सुझाब सल्लाह लाई भने हार्दिक स्वागत छ । तल Anonymous मा क्लिक गर्नुश अनी आफ्नो सहि नाम र सहि ईमेल सहित ईंग्लिश वा नेपाली मा कमेन्ट लेखी पठाउनुश, अरु वेबसाईट र यस् मा फरक छ बुझी दिनुहोला धन्यवाद । address for send news/views/Article/comments : Email - info@nepalmother.com - सम्पादक